
संयुक्त राज्य अमेरिकाको नेपाल स्थित दुतावासले जनाए अनुसार कोरोना भाइरस (कोभिड—१९)का कारण प्रभावित भएको डाइभर्सिटी भिसा(डिभी)को परिणाम नेपाली समय अनुसार भोलि राति ०९:४५ आउँदैछ ।
अमेरिकाको राज्य विभागले विविधता भिसा लोटरी (DV Lottery) आवेदकहरु को नतिजा प्रकाशन मिती मे ५ बाट सारेर जुन ६ मा पुर्याएको थियो ।
नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ। यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।
भोली सार्वजनिक हुने डिभीको प्रारम्भिक परिणाम मात्र हो। यसमा छनौट हुनु पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छानिएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन।
धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। नेपालबाट प्रत्येक वर्ष लाखौंले अमेरिकी डिभी चिट्ठा भर्दै आएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend