logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति

    कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति

    294
    Shares
    कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति

    सुर्खेत । कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

    कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ रुपैयाँ बाराबरको क्षति भएको हो । सबैभन्दा धेरै दैलेखमा ७० लाख रुपैयाँको क्षति भएको तथ्याङ्क छ । यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ । यस्तै जाजरकोटमा ३३ वटा घटना हुँदा ३० लाख रुपैयाँ, सल्यानमा २४ वटा विपद्जन्य घटनामा ५१ लाख ३० हजार रुपैयाँ, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट १६ लाख ९९ हजार रुपैयाँको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

    कालिकोटमा एक सय दुई मनसुनजन्य घटनामा १८ लाख ५० हजार रुपैयाँ, जुम्लामा चार घटनामा ४० लाख रुपैयाँ, डोल्पामा १६ वटामा १९ लाख ५० हजार रुपैयाँको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका उनले जानकारी दिए ।

    विपद्का घटनामा नौको मृत्यु

    सोही अवधिमा कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी नौको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । जसमध्ये सुर्खेतमा दुई, दैलेखमा एक, जाजरकोटमा दुई, रुकुम–पश्चिममा चारको मृत्यु भएको हो । रुकुम–पश्चिका एक जना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताए ।

    यसैबीच ४६ जना घाइते भएका छन् । घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका सात, दैलेखका चार, सुर्खेत र डोल्पाका एक÷एक जना रहेका छन् ।

    यसैगरी विपद्बाट कर्णाली प्रदेशभर ४५ परिवारका दुई सय पाँच जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

    बाढीपहिराबाट डेढ महिनाको अवधिमा प्रदेशमा एक सय छ पशुचौपाया मरेका छन् भने ४५ वटा घाइते भएका छन् । ७५ वटा बेपत्ता छन् ।

    यहाँ बाढीपहिराले ७० घरमा पूर्ण र ५४ घरमा आशिंक क्षति पुगेको तथ्याङ्क छ । यस्तै २७ साना उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई विद्यालय पूर्ण तथा दुई विद्यालयमा आंशिक क्षति पुगेको छ । चार वटा सरकारी कार्यालयमा बाढीपहिराले क्षति पुग्दा दुई वटा सङ्घसंस्थाका भौतिक संरचनामा क्षति पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend