सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

आज दिनभरजसो नै पानी पर्ने मौसम विभागको पूर्वानुमान

आज दिनभरजसो नै पानी पर्ने मौसम विभागको पूर्वानुमान

काठमाडौं : आज दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।

पूर्व, मध्य र पश्चिमका केही तथा मध्य पश्चिम र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भएको जनाइएको छ । सबै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ । राति देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend