
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । होम क्वारेन्टिमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो ।
अहिलेसम्म कोभिड-१९ बाट मृत्यु भएका १२ जना मध्ये १० जनामा कोरोना भाइरसको संक्रमण मृत्यु पछि मात्रै पुष्टि भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend