
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार मात्र दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।
यसअघि नेपालमा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।
शनिबार दुई जना मृतकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। डोल्पाको जगदुल्लाका एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो। उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।
त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन्। उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको हो। त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण नभएको प्रवक्ता देवकोटाले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend