सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

भोलिदेखि मालपोत कार्यालय खुल्ने

भोलिदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौं : सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ ।

लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।

पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।

सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरूपमा कार्यालयमा उपस्थित भएर अन्य कर्मचारीलाई पनि उपस्थित गराएर स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा सञ्चालनमा ल्याउन विभागले अनुरोध गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend