शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

आजदेखि देशरभरका मालपोत कार्यालय खुल्ने

आजदेखि देशरभरका मालपोत कार्यालय खुल्ने

आजदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।

लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आजदेखि सञ्चालनमा ल्याउन शनिबार निर्देशन दिएको थियो ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।

पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।

सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरूपमा कार्यालयमा उपस्थित भएर अन्य कर्मचारीलाई पनि उपस्थित गराएर स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा सञ्चालनमा ल्याउन विभागले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend