बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

भारतबाट डोटी फर्किएका युवाको क्वारेन्टिनमा मृत्यु

भारतबाट डोटी फर्किएका युवाको क्वारेन्टिनमा मृत्यु

धनगढी : भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवाको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा सात दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टका अनुसार आइतबार बिहान सीताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा ती युवकको मृत्यु भएको बताए । उनी भारतको लुधियानाबाट फर्किएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए। उनी मुटुको रोगी रहेको बताइएको छ।

उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना रहेका छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend