logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    भक्तपुरमा फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

    भक्तपुरमा फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

    17.8K
    Shares
    भक्तपुरमा फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आज आगलागी हुँदा दुई करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

    आगो भक्तपुर, काठमाडौँ र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend