आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

भारतीय नागरिकको आक्रमणबाट सिमामा ६ जना सशस्त्र प्रहरी घाइते

भारतीय नागरिकको आक्रमणबाट सिमामा ६ जना सशस्त्र प्रहरी घाइते

नवलपुर पश्चिमको सीमावर्ति प्रतापुर गाउँपालिकामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

दुई जना सशस्त्र प्रहरीको अवस्था गम्भीर छ। भारतबाट रासायनिक मल बोकेर नेपालतर्फ आउँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले रोक्न खोज्दा सशस्त्र प्रहरीलाई करिब डेढ सयकाे सख्यामा आएका भारतीय नागरिकले आक्रमण गरेको सशस्त्रका  एक अधिकारीले बताए।

घाइते भएका सशस्त्र प्रहरी स्थानीय भैरमपुर बेस क्याम्पबाट खटिएका थिए। झडपका क्रममा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायरसमेत गरेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend