
पोखरा : स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो ।
जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकारी अनुसार स्याङ्जाका ६० वर्षे पुरुषको कोभिड–१९ बाट मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएपछि उनलाई आइसोलेशनमा लगिएको थियो । आइसोलेशनमै उनको मृत्यु भएको हो ।
नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । पोखरामा मृत्यु भएका स्याङ्जाका यी व्यक्ति तेस्रो हुन्, जो जीवितै रहँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अरु ११ जनाको भने मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend