सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

विदेशमा अलपत्र नेपाली ल्याउन अझै कम्तीमा एक साता लाग्ने

विदेशमा अलपत्र नेपाली ल्याउन अझै कम्तीमा एक साता लाग्ने

काठमाडौँ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका (विशेष गरी रोजगारीका लागि खाडीसहितका देशमा गएकाहरु) नेपालीहरु अझै कम्तिमा एक साता नेपाल फर्किन नपाउने देखिएको छ।

नेपाल सरकारको पहल र यतैबाट विमान गएर अलपत्र परेका नेपाली ल्याउने क्रम सुरु हुन कम्तिमा अझै एक हप्ता लाग्ने देखिएको हो।

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपालीहरुलाई स्वदेश ल्याउनका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गरी नाम संकलनको काम भइरहेको बताएको छ ।

स्वदेश फर्किन चाहने नेपालीको नाम सम्बन्धित देशमा रहेका नेपाली दूतावासले संकलन गरेर प्राथमिकताका आधारमा सूचिकृत गर्ने काम भइरहेको सीसीएमसीका संयोजक नारायणप्रसाद विडारीले जानकारी दिएका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend