सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

दुई चिकित्सकसहित चितवनको २० जनामा कोराना संक्रमण

दुई चिकित्सकसहित चितवनको २० जनामा कोराना संक्रमण

भरतपुर : चितवनका २० जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको छ । दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

माडी नगरपालिकाका ६ जना, भरतपुर महानगरपालिकाका ४ जना, क्यान्सर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा भर्ना भएका २ जना रहेका छन ।  त्यस्तै नारायणी सामुदायिक अस्पतालमा एकजना चिकित्सकसहित ३ जना संक्रमित रहेका छन् । यी मध्ये एकजनाको अवस्था गम्भीर रहेकाले आइसीयुमा राखिएको छ ।

केही समयपछि सार्वजनिक गर्ने तयारी गरेको भरतपुर अस्पतालले  जनाएको छ। माडी र भरतपुरको क्वारेन्टाइन तथा अस्पतालमा उपचाररत बिरामीमा संक्रमण देखिएको छ । ३ जना नवलपुरका रहेको  जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend