
धादिङ : धादिङमा एकै दिन १६ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।
क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोेजेटिभ देखिएपछि स्वाब संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।
धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend