मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

धादिङमा २० महिने बालिका पनि कोरोना संक्रमित

धादिङमा २० महिने बालिका पनि कोरोना संक्रमित

धादिङ : २० महिने वालिका सहित आज धादिङ जिल्लामा १७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएकाहरु सबै छिमेकी मुलुक भारतबाट फर्केकाहरु हुन ।

सोमबार कोरोना संक्रमण पुष्टी भएकाहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ का १७ बर्षका पुरुष, वडा नम्बर २ का २२ बर्षका पुरुष, वडा नम्बर ३ का ४० बर्षका पुरुष, वडा नम्बर ५ का ३० र ३५ वर्षका पुरुष, वडा नम्बर ११ का ४२ र ५५ बर्षका पुरुष, वडा नम्बर १४ का १४, २३, ३५, ४५, ५० बर्षका पुरुषहरु तथा २१, २७, ३६ बर्षका महिला र २० महिनाको बालिका रहेका छन् । वडा नम्बर १४ का संक्रमितहरु २० महिने वालिका सहित वुवा आमा गरि ३ जना एकै परिवारका हुन् ।

त्यस्तै धादिङ जिल्लाको गजुरी गाँउपालिकामा ३२ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित महिला गजुरी गाँउपालिका भित्रकै क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिनुभयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend