काठमाडौं । क्यानडाको ग्लोबल टी–२० लिग अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको छ ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनाएको थियो ।
५३ रनको लक्ष्य पछ्याएको मोन्ट्रियलले ११.३ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको हो ।
यो जितसँगै मोन्ट्रियल ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै दोस्रो स्थानमा रहेको रोहितको टिम टोरोन्टो भने ७ अंकसहित चौथो स्थानमा झरेको छ ।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टिम भ्यानकुभर नाइट्सभने तीन अंकसहित तालिकाको पुछारमा छ ।
सुरुवाती खेल खेलेका नेपाली कप्तान पौडेल पछिल्ला तीन खेलमा भने बेन्चमा छन् ।