मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या

रुपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा ५ जनाको गत राति हत्या भएको छ । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिएका छन्। पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली रहेका छन् ।

मृतकहरु गंगादेवी पशु फार्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend