सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप

एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं : सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।

कोरोना महामारीका वेला लकडाउन गरिएका बेला सरकारले कर तिर्न ताकेता गरेको कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर र प्रभावहिन रहेको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार नजिक मंगलबार प्रदर्शन भएको छ ।

बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले सरकारको कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएका १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन्

कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नु पर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु पर्ने तथा सबैको जीवन रक्षा गर्नु पर्ने मागसहित प्रधानमन्त्री निवास नजिकै रहेको वडा कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरु मास्क लगाएर गएका थिए।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीको लाठी लागेर विवेकशील नेपाली दलका उज्ज्वल थापा सामान्य घाइते भएका छन् ।

केही प्रदर्शनकारीलाई प्रहरीले पक्रेको छ। प्रदर्शनकारीले एमसीसीको पनि विरोध गरेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा समेत प्रयोग गरेको थियो।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend