
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।
चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए।
सोमबार साँझ मात्र उनको पीसीआर रिपोर्टको नतिजा पोजितिभ आएको थियो। नेपालमा यसअघि १४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ। संक्रमितको संख्या भने चार हजार ८५ पुगेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend