
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बिहान ११ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयकाे अनुसार लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ । सांसदहरुले उठाका बिभिन्न विषयलाई समेटेर सम्बोधन गर्नुहुने पनि सचिवालयले जनाएकाे छ ।
त्यस्तै लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ । आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend