logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाउँछौंः वनमन्त्री साही

    विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाउँछौंः वनमन्त्री साही

    315
    Shares
    विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाउँछौंः वनमन्त्री साही

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाइने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन तथा वातावरणमन्त्री साहीले यस्तो बताएका हुन् ।

    उनले बाँदरको आतंकले ग्रामिण क्षेत्रमा जनताहरु आक्रान्त भएर सुत्न समेत नपाउने अवस्था रहेको भन्दै विद्यमान रहेका ऐन कानूनलाई संशोधन गर्ने बताए । उनले सरकार निरन्तर रुपमा वन र वन्यजन्तु ऐनलाई जनतामैत्री बनाउने पक्षमा रहेको उल्लेख गरे । उनले वनसँग सम्बधित सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्ने पक्षमा वर्तमान सरकार रहेको बताए । उनले बाँदर लगायत अन्य वन्यजन्तुहरु नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानूनहरुलाई मध्यनजर गरेर यो समस्या समाधान गरिने बताए ।

    उनले बाँदर,बाघ लगायतलाई नियन्त्रण र क्षति न्युनिकरण समाधानका विकल्पहरुको खोजि भइरहेको बताए । उनले वन्यजन्तु नियन्त्रणमा वन्यजन्तुको अधिकार,धर्म संस्कृति जोडिएको भन्दै संविधान अन्तर्गत बनेका ऐन कानूनहरुलाई पनि मध्यनजर गर्दै सबै समस्याको समाधान गर्ने बताए ।

    उनले भने, ‘बाँदर लगायत अन्य वन्यजन्तुहरु नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानूनहरुलाई मध्यनजर गरेर यो समस्या समाधान गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यसको समाधानका विकल्पहरुको खोजि भइरहेको छ । वन्यजन्तु नियन्त्रणमा वन्यजन्तुको अधिकार,धर्म संस्कृति जोडिएको छ । नेपालको संविधान अन्तर्गत बनेका ऐन कानूनहरुलाई पनि मध्यनजर गर्दै सबै समस्याको समाधान गर्नुपर्ने छ ।

    बादरको आतंकले ग्रामिण क्षेत्रमा जनताहरु आक्रान्त भएर राति सुत्न समेत नपाउने अवस्था छ । त्यो गम्भिर समस्या आएको छ । यी सबै कुरालाई मध्येनजर गर्दै विद्यमान रहेका ऐन कानूनलाई संशोधन गर्नै हुँदैन भन्ने छ्रैन । सरकार निरन्तर रुपमा जनतामैत्री कानून बन्नुपर्छ । विकासमैत्री कानून बन्नुपर्छ । सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्छ भन्ने कुरामा दुई मत छैन । वन्यजन्तु ऐनमा सरकारले केही संशोधन गरेर विकास,जनमैत्री बनाउने विषयमा लागिरहेका छौं ।’

    वन तथा वातावरण राज्यमन्त्री रुपा वि।कले वन्यजन्तुबाट हुने क्षति न्युनिकरणको लागि विभिन्न विकल्पहरु आएकाले सरकारले ती विकल्पहरुलाई आधार मानेर ऐन बनाउँदै कार्यविधि बनाउन आवश्यक रहेको बताए । उनले सरकारले वन्यजन्तु ऐन जनता र वन्यजन्तुको अधिकारलाई संरक्षण हुनेगरी बनाउनुपर्ने बताए ।

    उनले वन्यजन्त संरक्षण र नागरिकको दैनिकीसँग जोडिएर आएका समस्यालाई वन तथा वातावरण मन्त्रालयले समाधान गर्नेगरी नागरिकमा छाएको निरासा चिर्नेगरी काम गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend