
काठमाडौं : लकडाउन मोडालिटी फेर्ने बारे छलफल गर्न आज फेरि मन्त्रिपरिषद बैठक बाेलाइकाे छ ।
दिउँसो २ बजेका लागि बाेलाइएकाे बैठकमा समसायिक विषयका साथै लकडाउनकाे माेडालिटीबारे पनि छलफल हुने बताइएकाे छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र । काेभिड-१९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले तयार गरेका लकडाउन माेडालिटी बारेका प्रस्ताव मर्ज गरेर साेही अनुसार मन्त्रिपरिषदले निर्णय लिन सक्ने बताइएकाे छ । समितिले दुई हप्ताको एक चरण हुनेगरी गरी पाँच चरणमा लकडाउन खुकुलो बनाउँदै जाने प्रस्ताव तथा सेन्टरले ६ चरणमा लकडाउन खुकुलो गर्ने प्रस्ताव यसअघि नै सरकारलाइ बुझाएका छन् ।
मुलुकमा संक्रमणका घटना झन बढिरहेकाे बेला लकडाउन खुकुलाे बनाउन नहुने पक्षमा प्रधानमन्त्री केपी ओली रहेकाे बुझिन्छ । तर लामाे लकडाउनले जनजीवन झनै कष्टकर भएकाे भन्दै तीव्र असन्तुष्टि र लकडाउन उल्लंघनका घटना बढ्न थालेका छन् ।
सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालभर लकडाउन घोषणा गरेकाे थियाे । यसकाे पछिल्लाे अवधि जेठ ३२ सम्म कायम छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend