
काठमाडौं : पहिलो उडानमार्फत थाइल्याण्डमा समस्यामा रहेका २ सय ६० नेपालीलाई स्वदेश फर्काइने भएको छ। असार ३ गते बुधबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत उनीहरूलाई स्वदेश फर्काउन लागिएको हो।
हवाई टिकट दर प्रतियात्रु ३ सय ९० अमेरिकी डलर वा थाइ भाट १२ हजार २८० ४७ हजार ३ सय तिर्नुपर्नेछ। यसअघि म्यानमारबाट २६ जना र युएईबाट १ सय ६८ जना नेपालीलाई सम्बन्धित मुलुकले स्वदेश ल्याइदिएका छन्। कुवेतले पनि बिहीबार ३ सय नेपालीहरू चार्टरमार्फत ल्याइदिने दूतावासले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend