लकडाउनलाई खुकुलो बनाउने मोडालिटीबारे सरकारले तयारी गरिरहेका बेला नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जोस भ्यान्डेलरले नेपालमा संक्रमित निकै बढ्न सक्ने बताएका छन् । उनले संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’ लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने उनको भनाइ छ ।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा भ्यान्डेलरले थपे, ‘यसका लागि मुख्य कुरा मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण हो । अब हामीले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend