सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

यस वर्षको एसइई परीक्षा नहुने, स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन

यस वर्षको एसइई परीक्षा नहुने, स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन

काठमाडौं : कोरोना माहामारीका कारण गत चैतमा स्थगित भएको २०७६ सालको सेकेण्डरी एजुकेसन एक्जामिनेशन ( एसइई ) नहुने भएको छ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो।

सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा विस्तृत जानकारी शिक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर दिने भनेको छ।

शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो।

कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend