
काठमाडौँ : विभिन्न मुलुकबाट नेपाली नागरिक फर्कने क्रममा आज कुवेतबाट पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएकाछन् ।
कुवेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । अहिले आएका सबै जना महिला रहेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिनुभएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे अवतरण भएको हो ।
भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले। राजधानी स्थित विभिन्न होल्डिङ सेन्टरमा लगिदैछन् । जहाँ उहाँहरुको व्यक्तिगत विवरण संकलन गरेपछि उहाँहरुको चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।
त्यस्तै पहिलो जहाज फर्के लगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । जसमार्फत पनि १४९ जना महिला कुवेतबाट स्वदेश फर्कदैछन् ।
कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीनसयजना नेपाली बिहिबार फर्कने तय भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend