शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

धादिङमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि

धादिङमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि

धादिङ : धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन ।

उनीहरूमध्ये सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गाउँपालिकाका सातवटै वडामा एक-एक वटा क्वारेन्टिन बनाइएको छ । जसमध्ये वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो । संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने गाउँपालिका अध्यक्ष शम्भु कुमार थापाले जानकारी दिनु धएको छ । धादिङमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend