धादिङ : ईलाका प्रहरी कार्यलय गजुरी धादिङको आयोजनामा बिहीबार (२९ जेठ) कार्यलय परिसरमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) विश्वराज खड्काको अग्रसरतमा आयोजित कार्यक्रममा विभिन्न संघ सस्था तथा कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, वडाअध्यक्ष, समाजसेवीहरु, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय गजुरीको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्न एक साताअघि मात्र आउनुभएका डिएस्पी खड्कालाई सो कार्यक्रमबीच औपचारिक रुपले कार्यालयमा स्वागत गरिएको छ । उक्त अवसरमा डिएसपी खड्काले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणको लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनानउँदै यसमा नागरिक समाज तथा स्थानीय जनप्रनिधिहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय अगुवा तथा जनप्रतिनिधिहरुले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि स्थानीय स्तरबाट हुने सबैखाले सहयोग इलाका प्रहरी कार्यालय गजुरीलाई प्रदान गर्नेप्रतिबद्धता जनाए ।