शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज (२९ जेठ) रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो ।

वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उहाँको उपचार गरी फर्कंर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend