
धादिङ : धादिङमा थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सिद्धलेक गाउँपाकिका वडा नं २ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना परीक्षणका लागि स्वाब जेठ २७ गते राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौँ पठाइएकोमा पीसिआर रिर्पोट पोजेटिभ आएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि.क. ले जानकारी दिनुभएको छ ।
यो सँगै धादिङ जिल्लामा कोरोना संक्रमणको संख्या ३२ पुगेको छ ।
संक्रमण भएका ब्यक्ति केही समय अघि भारतबाट आएको र शिद्दलेक गा पा ले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए र हाल सम्म पनि उहाँ क्वारेन्टिनमै हुनुहुन्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend