logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नेपाल-भारत विदेश सचिवबीच भेट : दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

    नेपाल-भारत विदेश सचिवबीच भेट : दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

    273
    Shares
    नेपाल-भारत विदेश सचिवबीच भेट : दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् । विदेश सचिव मिस्रीले सोमबार काठमाडौँको नक्सालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकी सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् ।

    भेटवार्ताका क्रममा दुई देशका बीचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरूको बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए ।

    उनले भने, ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरूको बिचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू समग्रमा छलफल भएको हो । खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन । भारतीय विदेश सचिव परिचयात्मक भ्रमणमा आउनुभएको हो । त्यो विषय भएपनि सबै विषयहरू छलफल भएको छ ।’

    प्रवक्ता राईले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकी परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमति वा समझदारीहरू नभएको उनले स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend