सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

सरिता गिरीको मूलढोकामा ढुंगामुढा प्रहार गर्ने हेमराज पक्राउ

सरिता गिरीको मूलढोकामा ढुंगामुढा प्रहार गर्ने हेमराज पक्राउ

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा छन् ।

मंगलबार काठमाडौंको विशालनगरस्थित गिरीको घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्‍याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको छ । उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend