
धादिङ : शुक्रबार (जेठ-३०गते) धादिङ जिल्लाको गजुरी बजारमा #इनफ इज इनफ प्रदर्शनी भएको छ। दिउँसो ४ बजेदेखि सुरू भएको प्रदर्शन ५ बजेसम्म चलेको थियो। सहभागीहरूले आफूहरू सामाजिक सञ्जालको प्रचारका आधारमा आएका बताए।
बेथिति र सरकारका गलत क्रियाकलापको विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरू पृथ्वीराजमार्गको सडक पेटीमा शान्तिपूर्ण ढंगले सामाजिक दूरी कायम गर्दै उभिएका थिए।
उनीहरूले कुनै नाराबाजी गरेनन्। प्लेकार्ड बोकेर उभिइरहे।
प्रदर्शन हुने देखेर प्रहरी परिचालन भए पनि प्रदर्शनकारीले नाराबाजी नगरी शान्त भएर उभिएपछि प्रहरीले पनि अत्यन्तै संयमता अपनाएका देखिए।
हेरौं प्रदर्शनमा देखिएका केही दृश्यहरु :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend