
काठमाडौं : यही जेठ २३ गते युनाइटेड अरब इमिरेट्स (यूएई)बाट स्वादेश फर्किएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीका कारण यूएईमा समस्यामा परेर आएका १५७ जना नेपालीहरुमध्ये २६ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई पहिलो दिन (२३ जेठ) खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो, भने दोस्रो दिन (२४ जेठ)मा मुलपानीको क्वारेन्टाइनमा सारिएको थियो । मुलपानीको क्वारेन्टाइनमा सारिएपछि उनको नमूना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएसँगै ती महिलालाई आज (शुक्रबार) नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend