सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

नेताको गाडीमा चार–पाँचजना चढ्दा कोरोना नसर्ने ? मोटरसाइकलमा दुईजना बस्दा कोरोना संक्रमण फैलिने!

नेताको गाडीमा चार–पाँचजना चढ्दा कोरोना नसर्ने ? मोटरसाइकलमा दुईजना बस्दा कोरोना संक्रमण फैलिने!

काठमाडौं : सरकारले शुक्रबारदेखि मोटरसाइकलमा पछाडि यात्रु बोक्न रोक लगाएपछि व्यापक आलोचना भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले दुईपांग्रे सवारीसाधनमा दुईजना रोक लगाएको हो ।

सरकारको निर्देशनपछि ट्राफिक प्रहरीले मोटरसाइकलमा दुईजना चढे रोकेर ओराल्न थालेको छ । आज शुक्रबार जोर र विजोर दुवै नम्बर प्लेटका मोटरसाइकल चलेका छन् ।

मन्त्रिपरिषद् बैठकले नीजि सवारी चल्न दिने निर्णय गर्दा जोर विजोर प्रणली लागू गर्ने भने पनि स्पष्ट ब्याख्या नगरिँदा आफूहरु पनि अन्योलमै रहेको र यसबारे परेको कठिनाइ गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने निर्णय गरेको छ । यो निर्णयलगत्तै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ । नेताका गाडीमा चार–पाँचजना चढ्दा कोरोना नसर्ने, मोटरसाइकलमा पछाडि मान्छे राख्दा कोरोना संक्रमण फैलिने ? भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गर्न थालेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend