आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

पुल्चोकमा बम राखेर भाग्दै गर्दा ‘विप्लव’ समूहका एक नेता पक्राउ

पुल्चोकमा बम राखेर भाग्दै गर्दा ‘विप्लव’ समूहका एक नेता पक्राउ

ललितपुर : शुक्रबार साँझ ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता पक्राउ परेका छन्।

विस्फोट गराउने उद्देश्यले बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

स्थानीयले खबर गरेपछि पुल्चोकस्थित महानगरीय प्रहरी प्रभागबाट तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको ललितपुर महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्।

एसएसपी राईका अनुसार उनले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ।

पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend