सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि

दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि

नयाँ दिल्ली : दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार (१२ जुन) दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन्।

‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ ।

त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको तापक्रम क्रमशः ४२ र ४२.५ डिग्री सेल्सियस रहेको बताएका छन् ।

दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ ।

भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रले दिल्ली र आसपासका क्षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सूचना जारी गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend