बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको १ मृतक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको १ मृतक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

पर्सा : पर्साको वीरगन्जमा बेवारिसे भेटिएको १ शवमा पनि कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

नारायणी अस्पताल स्रोतका अनुसार २८ जेठमा वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको १ मृतक पुरुषमा शुक्रबार राती गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।

वीरगन्जको घण्टाघर छेउकै विपी उद्यान परिसरमा २८ जेठमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि हुने ति युवकको नाम, ठेगाना र पहिचान भने खुल्न बाँकी छ ।

प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव त्यहाँबाट उठाएर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो । संक्रमण पुष्टि भएका युवकको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend