logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य

    साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य

    980
    Shares
    साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य

    काठमाडौ । नेपाली यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरिरहेको छ ।

    आगामी भदौ २ गतेदेखि १२ गतेसम्म नेपालले साफ यु–२० च्याम्पियनसिपको आयोजना गर्दैछ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो ।

    यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन् । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ । त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रश्तुत हुनेछ ।

    नेपाली युवा टोलीका कप्तान कुशल देउवाले पनि पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताए । उनले तयारी धेरै राम्रो भइरहेको र हरेक दिन सुधार गरिएकाले नेपाल बलियो टोलीका रूपमा प्रश्तुत हुने विश्वास व्यक्त गरे ।

    हरेक टोली जितकै मानसिकताका साथ आएकाले कुनैपनि प्रतिद्वन्दी सहज नहुने उनको भनाइ छ । प्रतियोगिता घरेलु मैदानमा भएकाले आफ्नो टोलीले पनि यो उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान कृषलले बताए । सोहीअनुरूप आफ्नो टोलीले बलियो चुनौती दिने उनको विश्वास छ ।

    उमेरसमूहमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । यसपल्ट घरेलु मैदान र राम्रो तयारीका कारण नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एन्फाको टर्फ र प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण भएको कप्तान देउवाले उल्लेख गरे । तयारी अन्तिम चरणमा पुग्दा रणनीतिक रूपमा टोलीले आफूलाई तयारी गरिरहेको कप्तानले बताए ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार पत्रकार सम्मेलन गर्दैै खेल्ने मैदानको अभावकै बीच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौती प्रश्तुत गर्दैछन् । नेपालले उद्घाटन खेलमा आईतबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ ।

    नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने विश्वास गरे । तयारीका क्रममा उनले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको उल्लेख गरे । घरेलु मैदानमा भएकाले दर्शकको साथ मिल्ने उनको विश्वास छ । तयारीमा वर्षाले पनि अवरोध नगरेको उनको भनाइ छ ।

    समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन् । आफ्नो कमजोर पक्षमा काम गरिरहेको प्रशिक्षक उर्जन बताउँछन् । यस च्याम्पियनसिपमा हरेक टोलीलाई बलियो मान्दै तयारी गरेको प्रशिक्षकको भनाइ छ । हरेक खेल फाइनल जस्तै मानेर खेल्ने प्रशिक्षक उर्जनले बताए ।

    दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ । मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ ।

    सातदोबाटोमै खेल भए सामान्यतर्फको मात्र टिकट बिक्री हुने भएको छ । दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend