
काठमाडौं : काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । युवाहरुको समूहले सामाजिक दूरी कायम गर्दै प्रर्दशन गरेका हुन् ।
सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन् ।
सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो । कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend