
काठमाडौं : सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीलाई फूलका गुच्छा दिएका छन्। विवेकशील नेपालीका उज्ज्वल थापासहितले सुरक्षामा खटिएका सबै प्रहरीलाई फूलका गुच्छा दिएर विदा भएका हुन्।
माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीसहितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend