मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित, पक्षमा २५८ मत, विपक्षमा शून्य

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित, पक्षमा २५८ मत, विपक्षमा शून्य

काठमाडौं : देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट दुई तिहाइ मतले पारित भएको हो ।

आजको सदनमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’  भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । दफावर छलफलपछि सभामुख अग्नि साप्कोटाले संशोधन प्रस्तावलाई संविधानको अंग भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।

त्यसपछि संशोधनको पक्ष र विपक्षमा मत विभाजन प्रकिया अपनाइएको थियो । मतदान उपस्थित सदस्यहरूको संख्या २५८ रेको थियो । संविधान संशोधन दोस्रो संशोधन विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव अथवा हुन्छ भन्ने पक्षमा २५८ र प्रस्तावको विपक्षमा वा हुन्न भन्ने पक्षमा मत नपरेको सभामुख साप्कोटाले बताए ।

संविधान संशोधन दोस्रो संशोधन विधेयक २०७७ लाई पारित गरियोस भन्ने प्रस्तावको पक्षमा २५८ मत परेका र उक्त संख्या संसदको तत्काल कायम रहेको संख्याको दुई तिहाइभन्दा बढी मत भएकाले दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित भएको घोषणा सभाखुख साप्कोटाले गरेका हुन् ।

सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा. तुम्बाहाङ्फेले जेठ १८ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेकी थिएन ।  सर्वसाधारणको जानकारीका लागि सोही दिन नेपालपत्रमा प्रकाशन गरिएको थियो ।

प्रतिनिधिसभाको जेठ २७ को बैठकमा मन्त्री डा तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो  । सो स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदलाई ७२ घण्टाको समय उपलब्ध गराइएको थियो ।

संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही  मितिदेखि संशोधित संविधान लागू हुनेछ ।

मन्त्रिपरिषद्ले जेठ ५ गते नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend