शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

नयाँ नक्सा समेटिएको संशोधन विधेयक पारित भएकोमा : रा.प्र.पा रुपन्देही द्वारा दिप प्रज्वलन

नयाँ नक्सा समेटिएको संशोधन विधेयक पारित भएकोमा : रा.प्र.पा रुपन्देही द्वारा दिप प्रज्वलन

३१ जेठ, रुपन्देही : लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा रा.प्र.पा रुपन्देहीले दीप प्रज्ज्वलन गरेका हो ।

राष्ट्रिय झण्डासहित रा.प्र.पा रुपन्देही को आयोजनामा प्रदेश न. ५ का निबर्तमान रा. प्र.पाका प्रवक्ता रवि कुमार रौनियार को सन्योजकत्वमा तथा अजय कुमार गुप्ता को सभापतिको नेतृत्वमा उक्त दिप प्रज्वलन गरिएको हो । ‘लिम्पियाधुरा, लिपुलेख हाम्रै हो, हामी सबैले फिर्ता ल्याउन पहल गर्नुपर्छ’ भन्दै शनिबार साँझ ७ः०० बजे दिप प्रज्वलन गरिएको थियो । कार्यक्रमका स्वागत जिल्ला युवा संगठन का सभापति शंकर खत्त्री तथा समापन मन्तब्य अजय कुमार गुप्ता बाट भएको थियो।

कार्यक्रमका सन्योजक रवि कुमार रौनियार ले आज को दिन ऐतिहासिक दिन भएकोले राष्ट्र तथा सम्पूर्ण नेपाली जनताको सम्मानमा  दिप प्रज्वलन गरिएको सुनौलो नेपाललाई बताए।

त्यस्तै कार्यक्रमका सभापति अजय कुमार गुप्ता ले संविधान सन्सोधन को स्वागत गर्दै सरकार तथा सहयोगी सम्पूर्णलाई धन्यवाद दिएका थिए। दिप प्रज्वलनमा पार्टीका उपाध्यक्ष कृष्ण भण्डारी सहीत् बिभिन्न कार्यकर्ता तथा अन्य सर्व-साधारण को बाक्लो उपस्तिथी रहेको  थियो।

कार्यक्रममा बोल्दै रा.प्र.पा रुपन्देहीका नेताहरुले राष्ट्रिय स्तरबाट होस् या जिल्लास्तरबाट आफ्नो भुमि बचाउको लागि लागि पर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।

हेरौं दिप प्रज्वलन गरिएको केही दृश्यहरु :

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend