logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नयाँ दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्थामा कडाइ

    नयाँ दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्थामा कडाइ

    924
    Shares
    नयाँ दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्थामा कडाइ

    नयाँ दिल्ली, एएनआई । भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ ।

    दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

    सुचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ ।

    दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन् ।

    प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ । नयाँ दिल्लीमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

    “एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सुचना प्राप्त गरेको थियो । सुचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए,”एसीपी विकास कौशिकले पत्रकारलाई बताए ।

    गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend