
काठमाडौं : गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो
उनको जेठ १२ गते प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पाइएको थियो। उनी भारतबाट आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
उनको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend