
काठमाडौं : पछिल्लो समय धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएको छ।
आइतबार धादिङ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनीहरुमध्ये १९ पुरुष र ६ महिला रहेका छन् ।
नेपालमा आज थप ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । हालसम्म ९ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म कोरोनाको कारण १९ जनाको ज्यान गएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend