बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

मल अभावले धादिङका किसान मारमा

मल अभावले धादिङका किसान मारमा

धादिङ : धादिङ जिल्लामा लकडाउनले गर्दा रसायनिक मलको अभाव भएको छ। धान मकै खेती गर्ने बेलामा हरेक बर्ष झै हुँदै आएको रसायनिक मलको अभाव यसवर्ष पनि भएको किसानहरुले बताएका हुन्।

युरिया मलको  चरम अभाव भएपछि जिल्लाका किसानहरु मर्कामा परेका छन्। अहिले धान मकै खेतीको लागि नभइ नहुने युरिया मल कहिकतै पनि जिल्लामा नपाइएको किसानहरुको भनाई छ। जिल्लाका अधिकांश बजारमा युरिया सहज रुपमा पाउन नसकिएको किसानहरुले बताएका छन्।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ३ का किसान राम माझीलाई धानमकै खेतीमा युरिया मल लगाउने समय भएपनि तीन सत्ता यता बजारमा युरिया मल नपाएकाले चिन्ताले सताएको छ ।

जेठको पहिलो हप्तामा धानमकै खेतीमा मल लगाउनका लागि बजारमा युरिया मल किन्न गएकोमा नभेटिएकाले धानमकै खेतीमा मल लागाउन नसकेको गुनासो गर्नुभयो । धानमकै खेतीमा पानी लगाएपछि डिएपी र युरिया मल लगाउनुपर्ने हुन्छ तर बजारमा मल नपाइएकाले समस्या भएको माझीको भनाई छ ।

सरकारले कोरोनाभाइरस नसरोस भनेर चैत ११ गतेदेखी लकडाउन गरेपछि बजर पूर्ण रुपमा ठप्प भएकाले मल किन्न नपाएकाले आफू सहित हजारौ किसान मारमा परेको राम माझीको गुनासो छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend