
काठमाडौं : उपत्यका भित्रिने यात्रुलाई कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने यात्रुलाई आईतबारबाट कडाई गर्न थालेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै उपत्यका भित्रिने यात्रुलाई कडाइ गर्ने नीति सरकारले अख्तियार गरेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तीमा उपत्यका बाहिरबाट आउने यात्रुलाई उपत्यकाको सम्बन्धित स्थानीय सरकारले अनुमति दिनु पर्ने र त्यसलाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेपछि मात्र प्रवेश पाउने जनाएको छ ।
त्यसै यसअघि सवारी पास लिँदै आएको लाई जोर–विजोर प्रणाली लागू भएको भन्दै सवारी पासको व्यवस्था हटाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend