सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कुन-कुन जिल्लामा देखिए आज ४ सय २५ संक्रमित ?

कुन-कुन जिल्लामा देखिए आज ४ सय २५ संक्रमित ?

काठमाडौँ : नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

तीमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७,बाराका ९,सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुमका १, प्युठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९ ,सिन्धुलीका १ र धादिङका २५ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। तीमध्य ५३२४ पुरुष र ४३६ जना महिला छन्। आज रुकुममा पनि कोरोना संक्रमित थपिएसँगै संक्रमित जिल्लाको संख्या ७३ पुगेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend