
काठमाडौं, ३२ जेठ, : कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई असार २१ गतेसम्मका लागि रोक लगाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यही जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले असार २१ गते राति ११ः५९ सम्मलाई रोक लगाएको हो ।
आइतबार नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाले सूचना जारी गर्दै सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई असार २१ गते राति ११ः५९ बजेसम्मका लागि रोक लगाइएको जनाएको हो ।
व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न-गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend